काठमाडौं । विमान दुर्घटना हुनभन्दा पहिला पाइलटले केही जानकारी नगराएको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले दुर्घटनापूर्व कुनै जानकारी नआएको बताए।
‘मौसम पनि सफा थियो। पाइलटले पनि पूर्व जानकारी गराएका थिएनन्। कसरी दुर्घटना भयो भन्ने छानबिनबाट पत्ता लाग्ला’, ठाकुरले भने।
जहाजमा खराबी आएको अवस्थामा पाइलटले टावरलाई जानकारी गराउनुपर्दछ। तर पाइलटले कुनै पूर्व जानकारी नआएको उनले बताए।