• जेष्ठ ८ २०८३, शुक्रबार

सरकारको प्रमुख लक्ष्यः सामाजिक न्याय, सुशासन र समृद्धि

माघ १ २०७९, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् ।

माघीका अवसरमा शुभकामना दिँदै जनादेशको जगमा गठन भएको सरकारले प्रतिनिधिसभाबाट अभूतपूर्व विश्वासको मत पाएकोले जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्प पनि प्रधानमन्त्रीले व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्वहरू रहेको र। यी चाडपर्वहरूले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।

पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।