• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री दाहाल छिट्टै भारत भ्रमण जाँदै

पुष ३० २०७९, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण जाने भएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा अनलाइन मिडियाका सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै त्यसको तयारी भइरहेको जानकारी गराएका छन् ।

यसअघि पनि दाहालले भारतमै पहिलो भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । शनिवार दाहालले विभिन्न अनलाइन मिडियाका सम्पादकहरु अन्तरक्रिया गरेका छन् ।

सो अवसरमा सरकारका प्राथकिमताहरु, विभिन्न राजनीतिक दलहरुबीचको सम्बन्धका बारेमा छलफल गरेको समाचारमा जनाइएको छ ।