• बैशाख २८ २०८३, सोमबार

प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

पुष ३० २०७९, शनिबार

काठमाडौं । प्रदेश नं १ को प्रदेश सभाको उपसभामुखमा एमाले सांसद सिर्जना दनुवार निर्वाचित भएकी छन् ।

शनिबार प्रदेशसभाको बैठकबाट उनी निर्वाचित भएकी हुन् । दनुवारको पक्षमा ५७ मत खसेको थियो । विपक्षमा ३३ मत खसको थियो ।

उपसभामुख पदका लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ मत खसेको थियो । विपक्षमा ५७ मत खसेको थियो ।