• बैशाख २८ २०८३, सोमबार

सुदुरपश्चिम प्रदेशको सभामुख चयन आज साँझ ६ बजे मतदान हुने

पुष ३० २०७९, शनिबार

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि आज फेरि चुनाव हुने भएको छ ।

पुस २८ गतेको चुनावबाट सभामुख छानिन नसकेपछि फेरि आज साँझ ६ बजे चुनाव हुने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

पुस २८ गते प्रतिस्पर्धा गरेका सत्तारुढ पक्षका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलवीच नै चुनाव हुने भएको छ ।निर्वाचनमा ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात २७ जनाको मत पाएर सभामुख छानिन नसकेपछि आज फेरि चुनाव हुने भएको हो।

प्रदेश सभामा सत्तापक्षका दल नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात र राप्रपाका एक गरेर २९ जना प्रदेश सभा सदस्य रहेका छन् । यस्तै, प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र स्वतन्त्र एक गरेर २४ जना छन् ।