• बैशाख २८ २०८३, सोमबार

माधव नेपाल र रामचन्द्र पौडेलबीच आधा घण्टा वार्ता, के भयो कुराकानी ?

पुष ३० २०७९, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुई नेताबीच राष्ट्रपति चुनावलाई लक्षित गरेर राजनीतिक भेटघाट भएको बुझिएको छ ।

नेपाली कांग्रेसले राष्ट्रपतिलाई लक्षित गर्दै प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

शनिबार नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन्। दुईनेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।