काठमाडौं । नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका वामपन्थी नेता घनश्याम भुसाल केन्द्रीय सचिवालय सदस्यमाा मनोनित भएका छन् ।
शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनित गरेको महासचिव डा. बेदुराम भुसालले बताएका छन् ।
भुसाललाई आजै भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक राखेर अनुमोदन गरेको पनि उनले बताए । भुसाल गत शुक्रबार मात्रै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।