• बैशाख २८ २०८३, सोमबार

कर्णालीमा सभामुख चयनका लागि उम्मेदवारी दर्ता जारी

पुष ३० २०७९, शनिबार

सुर्खेत । कर्णाली प्रदेशमा सभामुख चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । आज (शनिबार) बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन र ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय रहेको छ भने  १०ः३० बजे अन्तिम नामावली प्रकाशनका साथै ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजनको समय निर्धारण गरिएको छ । त्यस्तै त्यसपछि निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।