काठमाडौं । बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने रिहा भएका छन् ।
सन्दीपको पुनरावेदन निवेदनमा न्यायाधीशहरु धुव्रराज नन्द र रमेश ढकालको इजलासले सर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो ।
उनी पाटन उच्च अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका हुन् । पाटन उच्च अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश दिएको थियो ।