काठमाडौं । प्रहरीलाई घुस अफर गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा धादिङको गल्छी गाउँपालिका–५ का ४१ वर्षीय अर्जुन तामाङ र सोही ठाउँका विरोध तामाङ छन्।
लागूऔषध मुद्दामा पक्राउ परेका व्यक्तिको मुद्दा मिलाई छुटाई दिएमा नगद ५० हजार रूपैयाँ दिन्छु भन्दै उनीहरुले प्रहरीलाई घुस अफर गरेका थिए।