• बैशाख २८ २०८३, सोमबार

सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि पुनः मतदान

पुष २९ २०७९, शुक्रबार

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि पुनः निर्वाचन हुने भएको छ । आज (शुक्रबार) बिहान ११ बजे मतदान हुने भएको हो ।

हिजो (बिहीबार)को निर्वाचनमा उम्मेदवारद्वयले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मतदानमा ५० जनाले भाग लिएका थिए । यसरी सभामुखमा निर्वाचित हुन २७ मत प्राप्त गर्नुपर्छ ।

सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारीले २६ मत र नेपाली कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए ।