• बैशाख २८ २०८३, सोमबार

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदै

पुष २९ २०७९, शुक्रबार

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्ती खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । आज (शुक्रबार) दिउँसो १ बजे उनले विश्वासको मत लिने भएका हुन् ।

पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले आजै विश्वासको मत लिन संसद् सचिवालयलाई जानकारी गराएका छन् ।

अधिकारी एमालेको २२, माओवादीको ८, राप्रपाको २ र स्वतन्त्र १ सहित ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अधिकारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै सरकार विस्तार र मन्त्रीहरुको कार्यविभाजन तोक्ने तयारी गरेका पनि भएको बताइएको छ ।