• जेष्ठ ७ २०८३, बिहीबार

७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई ३ वर्ष कैद सजाय

पुष २८ २०७९, बिहीबार

काठमाडौं । विशेष अदालत काठमाडौले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ।

विशेषले पाठकलाई ३ वर्ष ३ महिना कैदको फैसला सुनाएको छ। भ्रष्टाचार निवारण ऐनअनुसार ३ वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप ३ महिना कैद गर्ने फैसला सुनाएको हो।

त्यस्तै, नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई पनि विशेषले ३ वर्ष कैदको फैसला सुनाएको छ। विशेषले तत्कालीन आयुक्त पाठक र न्यौपानेलाई जनही ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए।