• बैशाख २८ २०८३, सोमबार

गठबन्धन दलहरुलाई जानकारी बिना दाहाल र ओली बैठक बस्दै

पुष २८ २०७९, बिहीबार

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बस्ने भनिए पनि एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालबीच मात्र छलफल भइरहेको जनाइएको छ । सत्ता गठबन्धनका अन्य दललाई भने बैठकबारे खबर नै गरिएको छैन ।

‘आज बस्ने भनिएको थियो तर, बैठक बस्ने सूचना भने आएको छैन,’ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने,‘त्यसैले सम्भवतः आज बैठक बस्दैन होला ।’ उनले मुख्य दलबीच कुरा मिलेपछि बैठक बोलाइन सक्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा.मुकुल ढकालले पनि बैठक बस्ने भनेर मिडियामा समाचार देखे पनि पार्टीलाई भने त्यसको सूचना नरहेको जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले भने दिउँसो ३ बजे गठबन्धनको बैठक बस्ने जानकारी बिहान नै सञ्चार माध्यमलाई गराएको थियो ।