काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार मुख्यमन्त्री नियुक्त भएका गिरीले बिहीबार शपथ लिएका हुन् ।
उनलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका हुन् । गिरीपछि दुई मन्त्रीले पनि शपथ लिएका छन् ।
शपथ लिने मन्त्रीहरुमा एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रका कृष्णा केसी छन् । तर, उनीहरुको मन्त्रालय भने तोकिएको छैन । गिरीले बुधबार ५८ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।