काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा नेपाल आइपुगेकी छिन् ।
बिहीबार बिहान काठमाडौँ आइपुगेकी मलाइका नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको जेम एन्ड ज्वेलरी एक्सपोमा सहभागी हुनेछिन् । उनले नेपाली गहना र पहिरनमा र्याम्प वाक गर्ने छिन् ।
आजै हुने ज्वेलरी फेसन शोमा मलाईकाले र्याम्प वाक गर्नेछिन् । नेपाल आउन पाउँदा निकै खुसी लागेको भन्दै मलाइकाले निमन्त्रणका लागि धन्यवाद दिएकी छन् ।