काठमाडौं । बलात्कार अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाई सुरु भएको छ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजालसमा सुनुवाई सुरु भएको हो। यसअघि पटक–पटक पेसी तोकिए पनि हेर्न नभ्याउने भन्दै सुनुवाई हुन सकेको थिएन । आज बहस सकिएको अवस्थामा आदेशसमेत आउन सक्ने बताइएको छ ।