• बैशाख २८ २०८३, सोमबार

विश्वासको मत दिएर जाल हानेको हो भने अब माछा पर्ने वाला छैनः केपी शर्मा ओली

पुष २६ २०७९, मंगलवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारलाई दिएको विश्वासको मतबारे आशंका व्यक्त गरेका छन्। मंगलबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई व्यंग्य प्रहार गरेका हुन्।

उनले भने, ‘प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई समर्थन गरेको छ। यदि यो समर्थन भित्र सदासहयता बोहक, अरु कुरा छैन भने। यदि यो समर्थन कुनै जालझेल होइन भने। यो समर्थन कुनै ढोक्सा होइन भने स्वागत छ। ढोक्सा हो भने म भन्न चाहान्छु। जाल हो भने म भन्न चाहान्छु। माछा नभएको खोलामा फ्याँके जस्तै हुनेछ जाल।’