• बैशाख २८ २०८३, सोमबार

रोष्टममा देउवा-ओली सबाल जवाफ: गुरुजी ! तपाईले होइन पटक-पटक संसद विघटन गरेको ?

पुष २६ २०७९, मंगलवार

काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेका बेला एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सवाल जवाफ चलेको छ ।

ओलीले यसअघि दिएको संसद विघटनको पक्षमा अभिव्यक्ति दिएपछि  देउवाले रोष्टममा उभिएर जवाफ फर्काएका हुन् ।

जवाफमा ओलीले भने- गुरुजी ! आफूले गरेका कुरा सम्झिनुस् । २०१७ सालमा मैले संसद् विघटन गरेको हो रु २०५१ मा मैले विघटन गरेको हो रु माननीय शेरबहादुरजीले २०५८ साल असारमा संसद् विघटन गरेर असोज १८ र माघ १९ मा पुगेको होइन रु यहाँले होइन पटकपटक संसद् विघटन गरेको ?