• बैशाख २८ २०८३, सोमबार

नेपाली कांग्रेसको पदाधिकारी छलफलमा प्रचण्डलाई विश्वासको मत दिने निष्कर्ष

पुष २६ २०७९, मंगलवार

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठकको अनौपचारिक छलफलमा विश्वासको मत दिने निष्कर्ष निकालेको छ ।

संसद् भवन बानेश्वरमा बस्ने बैठकले यस विषयमा औपचारिक निर्णय लिने कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वास मत दिनुपर्ने बताएका थिए । सुरुमा केही नेताहरुले विपक्षमा मत राखेपनि अन्त्यमा सवै सहमत भएको सह-महामन्त्री यादवको भनाई छ ।

राष्ट्रपति, उपराष्ट्रपतिदेखि सभामुख तथा उपसभामुखको निर्वाचन बाँकी छ । उक्त निर्वाचनका समयमा समिकरण बदल्न सक्नेगरी यस्तो रणनीति कांग्रेसले लिएको बुझिएको छ ।