काठमाडौं । चितवनको भरतपुरमा एक दम्पती मृत फेला परेका छन् ।
भरतपुर महानगरपालिका २९ का प्रेम राना मगर र उनकी पत्नी शान्ति राना मगर मृत फेला परेको चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए ।
२७ वर्षीय प्रेम घरभित्र झुण्डिएको अवस्थामा र २५ वर्षीया शान्ति घरबाहिर भुइँमा लडिरहेको अवस्थामा फेला परेका हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।