कठमाडौं । अनेरास्ववियूद्वारा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचित सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको छ । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियूद्वारा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
यहीँ पुष २७ गते अनेरास्व्िवयूले उक्त कार्यक्रमको आयोजना गरेको छ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम हुने अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा पुष २७ गते बिहान ११ः३०बजे कार्यक्रमको आयोजना गरिएको छ ।
