काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । आज (मंगलबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।
उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नु परेको हो ।