• बैशाख २८ २०८३, सोमबार

कांग्रेस पदाधिकारी बैठक बस्दै,प्रचण्डलाई विश्वासको मत दिन नदिनेबारे निर्णय गर्ने

पुष २६ २०७९, मंगलवार

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज  बस्ने भएको छ । विहान ८ बजे बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नदिनेबारे निर्णय लिने बताइएको छ ।

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास  मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिन देउवा सकारात्मक देखिएका छन् ।

पदाधिकारीसँग छलफलपछि आजै बिहान ९ बजे बस्ने संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीको आधिकारीक धारणा संसद्हरुसमक्ष राख्ने कार्यक्रम रहेको छ ।