• बैशाख २८ २०८३, सोमबार

नेपाली सेनाले अनावरण गर्यो पृथ्वीनारायण शाहको सालिक

पुष २५ २०७९, सोमबार

काठमाडौं । नेपाली सेनाले ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७९ को अवसरमा पृथ्वीनारायण शाह पूणर्कदको सालिक अनावरण गरेको छ ।

नारायणहिटीस्थित श्री उपत्यका पृतना हाताभित्र नवनिर्मित राष्ट्रनिर्माता शाहको सालिकको एक विशेष समारोहबीच प्रधान सेनापति महारथी प्रभुराम शर्माले सोमबार अनावरण गरेका हुन् ।

कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्कालगायत अधिकारीहरुको उपस्थिति रहेको थियो ।