• बैशाख २८ २०८३, सोमबार

यो जनताले बजाएको घण्टी हो, सदन र सिंगो देशले सुन्नेछः रवि लामिछाने

पुष २५ २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूलाई जनताले परिवर्तनको लागि मत दिएको बताएका छन्।

मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको इतिहासमा राजनीतिक दलको उदय हुनु ठुलो कुरा होइन। हामीले जुन समयमा मत पाएका छौँ। त्यो दल र व्यक्तिलाई दिएको मत मात्रै होइन। यो मुलुकमा परिवर्तन आवश्यक छ भनेर जनताले बजाएको घण्टी हो। यो घण्टीको आवाजलाई सदन र सिंगो देशले सुन्नेछ।’