• बैशाख २८ २०८३, सोमबार

जनताले परिवर्तन खोजेको छ, देश चलाउने सरकार चाहिन्छः केपी ओली

पुष २५ २०७९, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सम्बन्धमा निकै ठूलो जिम्मेवारी अहिलेको सदनलाई रहेको बताएका छन् ।

उनले भने, ‘राजनीतिलाई ठिक ढंगबाट अगाडि बढाउनुपर्ने मुख्य जिम्मेवारी सदनसमक्ष छन् । हाम्रा अगाडि राष्ट्रियताका प्रश्न छन् । हामीले कतिपय समस्याको समाधान गर्नुपर्ने छ ।’ जनताले परिवर्तनको आकांक्षा राखेकै कारणले नयाँ पार्टीको उदय भएको उनको भनाइ छ ।