• बैशाख २८ २०८३, सोमबार

नेपालमै पहिलोपटक स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा निर्वाचन गराएः शेरबहादुर देउवा

पुष २५ २०७९, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा नेपालमै पहिलोपटक स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न भएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकमा शुभकामना मन्तव्य दिँदै देउवाले यो प्रतिनिधि सभाबाट देश र जनताले धेरै ठूलो अपेक्षा गरेको बताए । उनले यो प्रतिनिधि सभाको कार्यकालले संविधानको रक्षा गर्न सक्नु पर्ने बताए ।