• बैशाख २८ २०८३, सोमबार

माओवादी संसदीय दलको निर्णयः प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतका लागि सबै दलसँग आग्रह गर्ने

पुष २५ २०७९, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतका लागि अन्य दलहरुसँग आग्रह गर्ने निर्णय भएको छ ।

सांसद हितराज पाण्डेका अनुसार विश्वासको मतका लागि दलले गर्ने आग्रहको अतिरिक्त सांसदहरुलाई व्यक्तिगत रुपमा पनि पहल गर्न आह्वान गर्ने निर्णय भएको छ ।

‘विश्वासको मतका लागि सबै दलसँग कुरा भएको छ। एकीकृत समाजवादीसँग पनि कुराकानी भएको छ । प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने बेला समर्थन गर्ने बाहेक अन्य दलसँग पनि विश्वासको मत दिनका लागि अपिल गरेका छौं। उहाँहरुसँग कुरा भएको छ । सकारातमक ढंगले कुरा अगाडि बढिरहेका छन्’, उनले भने ।