काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सोमबार सपथ लिँदैछन् । आइतबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले पूर्ण कार्यकाल मुख्यमन्त्री पाउनेछन्। ।
कार्कीले पूरै कार्यकाल मुख्यमन्त्री पाउने निर्णय केन्द्रले गरेपछि स्थानीय माओवादी केन्द्रका नेताहरु भने असन्तुष्ट भएका छन् ।
माओवादी केन्द्रबाट मुख्यमन्त्रीका प्रत्यासी इन्द्रबहादुर आङ्बोले असन्तुष्टि जनाउँदै तत्काल सरकारमा सहभागी नहुने अडान लिइरहेका छन्।