• बैशाख २८ २०८३, सोमबार

सत्ता गठबन्धनको भागवण्डा मिल्यो, कुन प्रदेशमा कुन दलको सरकार ?

पुष २४ २०७९, आईतवार

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनकाे विषयमा बाँडफाँट टुंगो लागेको छ ।

बालुवाटारमा आइतबार साँझ बसको सत्तारुढ दलहरुको छलफलले बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो । प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालाे सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको छ ।