एजेन्सी । अमेरिकालाई ‘सबैभन्दा बढी क्षति पुर्याउने’ एक जासुस रिहा भएकी छिन् । जासुस एना मोनटेस २० वर्षभन्दा बढी अमेरिकी जेलमा बिताएर हालै रिहा भएकी हुन् ।
एना शीतयुद्धको समयमा निक्कै नाम चलेकी मध्येकी एक जासुस भएको बीबीसीले जनाएको छ ।
६५ वर्षीया एनाले झन्डै दुई दशक क्युबाका लागि गुप्तचरी गरेको अमेरिकाको आरोप छ । उनी डिफेन्स इन्टेलिजेन्स एजेन्सीमा विश्लेषकको रूपमा कार्यरत थिइन् ।