• जेष्ठ ७ २०८३, बिहीबार

नेपाल एयरलाइन्सका यात्रुलाई पीसीआर नेगेटिभ अनिवार्य

पुष २४ २०७९, आईतवार

काठमाडौं । कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोडसहितको कोभिड-१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।

निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ ।