• जेष्ठ ७ २०८३, बिहीबार

मौसम पूर्वानुमान : तराई-मधेसको मौसममा अझैँ सुधार आएन, शीतलहरको जोखिम कायमै

पुष २४ २०७९, आईतवार

काठमाडौं । डेढ हप्तादेखि तराई–मधेसमा चलिरहेको शीतलहर अझै कायमै छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेसका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ । अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ ।

जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ । पूर्वी र पश्चिमी तराईमा मध्यान्नपछि क्रमिक सुधार आए पनि मध्यतराईमा भने दिनभर कुहिरो लाग्ने गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भू–भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली हुनसक्ने छ ।