काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनको ३४औं कार्यसमिति निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रिक समावेशी (डीएलए) समूहका वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् । लोकतान्त्रिक समूहकै अधिवक्ता जगदीशचन्द्र पाण्डे उपाध्यक्षमा निर्वाचित भएका छन् ।
प्रगतीशील, पेसागत तथा गणतान्त्रिक (पीएलए) समूहका अधिवक्ता श्यामकुमार खत्री सचिवमा निर्वाचित भएका छन् । सहसचिवमा डीएलएबाट सुजन लोप्चन र कोषाध्यक्षमा पीएलएबाट कपिलचन्द्र पोखरेल निर्वाचित भएका हुन् ।
पीएलएको तर्फबाट महिला सदस्यमा अधिवक्ता सिर्जना कट्टेल निर्वाचित भएकी छन् । सदस्य पदमा अधिवक्ताहरू उत्तमराज पाठक, अनुपराज उप्रेती, रेशमराज रेग्मी, रूपनारायण श्रेष्ठ, प्रभुजी पन्त, देवी रेग्मी (पोखरेल), सुमनकुमार केसी, रामकुमार राउत (मातृदास), भीमप्रसाद ढकाल निर्वाचित भएका छन् ।
पाँच पदाधिकारीमा तीनजना डीलएबाट र दुईजना पीएलएबाट निर्वाचित भएका छन् । सदस्यमा ६ जना डीलएबाट र चारजना पीलएबाट निर्वाचित भएका छन् ।
पाँच पदाधिकारी र १० सदस्य रहेको कार्यसमितिको दुई वर्ष कार्यकाल रहनेछ ।