काठमाडौं । नेकपा माओवादी केन्द्रले वाम एकताका लागि कार्यदल गठन गरेको छ । शनिबार बसेको पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली बनाएको महासचिव देव गुरूङले जानकारी दिए ।
टोलीमा महासचिव देव गुरूङ उपमहासचिवहरू गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र जनार्दन शर्मा छन् ।
यसअघि नेकपा एकीकृत समाजवादीले पनि वार्ता टोली बनाइसकेको छ ।
महासचिव वेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन छ ।