भर्जिनियाको न्युपोर्ट न्यूजस्थित रिकनेक इलिमेन्टरी स्कुलमा शुक्रवार दिउँसो एक शिक्षिकालाई गोली हानेपछि ६ वर्षीय बालकलाई प्रहरीले हिरासतमा लिएको छ । प्रहरी प्रमुख स्टिभ ड्र्युले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ ।
‘उक्त व्यक्ति एक ६ वर्षीय विद्यार्थी हो । उ अहिले प्रहरीको हिरासतमा छ’, ड्रुले भने, ‘हामी हाम्रो अधिवक्ता र केही अन्य निकायहरूसँग सम्पर्कमा रहेका छौं ताकि हामीले उसलाई उत्कृष्ट सेवाहरू दिन सकौँ ।’
उक्त शिक्षिकालाई कक्षाकोठाभित्र गोली हानिएको र ‘यो घटना अञ्जानमा नभएको’ ड्रुले बताए । शिक्षिका र विद्यार्थीबिच झगडा भएको र बन्दुक बोकेका विद्यार्थीले एक राउण्ड फायर गरेको प्रहरी प्रमुखले बताए ।
पहिले शिक्षिकाको अवस्था गम्भीर रहेको बताएका ड्रुले शुक्रवार साँझ ‘आफूले प्राप्त गरेको पछिल्लो अपडेटमा केही सुधार भएको’ जानकारी दिए । अन्य विद्यार्थीको घटनामा संलग्नता नरहेको उनको भनाइ थियो । उनले अनुसन्धान जारी रहेको पनि बताए । -सीएनएन