• बैशाख २८ २०८३, सोमबार

सरकारले ल्याउने न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी

पुष २२ २०७९, शुक्रबार

काठमाडौं । सरकारले ल्याउन लागेको न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक बसिरहेको छ । आज (शुक्रबार) केहीबेर अघि उक्त कार्यक्रमको जिम्मेवारी पाएको कार्यदलको बैठक बसिरहेको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए ।

अर्थमन्त्रालयमा जारी बैठकले सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले आर्थिक समृद्धि र विकास तथा जनचासोको विषयलाई कार्यक्रममा समेटेको छ ।

यहीँ पुष १४ गते बसेको सत्तारुढ दलको बैठकले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बनाउन पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।