• जेष्ठ ७ २०८३, बिहीबार

भरुवा बन्दुकसहित एक जना पक्राउ

पुष २२ २०७९, शुक्रबार

मकवानपुर । मकवानपुरको गढी गाउँपालिका–७ सुकौरा दुम्सीबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बिहीबार) दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले उनको घरमा खानतलासी गर्दा १ थान भरुवा बन्दुक फेला पारी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढी गाउँपालिका–७ सुकौरा दुम्सीका ५२ वर्षीय मंगलसिंह थिङ रहेको प्रहरीले जनाएको छ

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।