काठमाडौं । नेपाली सेनाले वृक्षरोपण हेरालु माग गरेको छ । सेनाले वृक्षारोपनका लागि १८ जना कर्मचारीको माग गरेको हो ।
काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको छ ।
सडक निर्माणको क्रममा काटिएका रुख क्षतिपूर्तिस्वरुप वृक्षरोपण गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकाले वृक्षरोपण हेरालु राख्न लागेको सेनाले जनाएको छ ।
४५ वर्ष ननाघेका तथा साधारण लेखपढ र बोटबिरुवा रोपाइ एवं हेरचाह गर्न सक्ने व्यक्तिले आवेदन दिन सक्नेछन् ।
कार्यक्षेत्र बाराको जितपुर, सिमरा तथा निजगढ नगरपालिका रहेको छ । पारिश्रमिक मासिक १८ हजार उपलब्ध हुने जनाइएको छ ।