काठमाडौं । आज सर्वदलीय बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले सदनको पहिलो बैठकका लागि एजेण्डा तय गर्न सर्वदलीय बैठक बोलाएका छन् ।
बैठकमा दलका सचेतक र संसदीय दलका प्रतिनिधि रस्वतन्त्र सांसदलाई समेत बोलाइएको छ ।
बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २५ पुसमा बस्दैछ ।