• फाल्गुन २७ २०८२, बुधबार

रुसले गर्यो ३६ घण्टाका लागि युद्दविराम, यस्तो छ कारण

पुष २१ २०७९, बिहीबार

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ३६ घण्टाका लागि युद्धविरामको आदेश दिएका छन् । युक्रेनमा क्रिसमस मनाउन दिन उनले युद्धविरामको आदेश दिएका हुन् । उनको आदेशसँगै दुई देशबीच जनवरी ६ देखि ७ सम्म युद्ध हुनेछैन ।

पुटिनले रुसी रक्षा मन्त्रीलाई युक्रेनमा स्थानीय समय अनुसार शुक्रबार मध्यरातदेखि शनिबार मध्यरातसम्म अर्थोडक्स क्रिस्चियन क्रिसमसको साथमा युद्धविराम लागु गर्न निर्देशन दिएका हुन् । अर्थोडक्स क्रिसमस जुलियन क्यालेन्डर अनुसार जनवरी ७ मा मनाइन्छ ।

यता युद्धविराम बारे युक्रेनबाट कुनै प्रतिक्रिया आएको छैन । जसले बिहीबार रूसी अर्थोडक्स चर्चको प्रमुखको आह्वानलाई निन्दनीय जाल भन्दै युद्धविरामलाई अस्वीकार गरेको थियो । अल जजिराबाट ।