काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत रोल्पा–१ (ख)बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका दीपेन्द्र पुन नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत प्रदेशसभा निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादी केन्द्रका दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
दीपेन्द्र साढे ५ हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए । दीपेन्द्रले १४ हजार ९२७ र अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरेका थिए ।
दीपेन्द्रले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आत्मालोचना पत्र लेख्दै पार्टीमै फर्किन चाहेको बताएका थिए ।
दीपेन्द्रलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाएर स्वागत गरेर पार्टीमा प्रवेश गराएका छन् ।
यसअघि पुन माओवादी केन्द्रको पोलिटव्युरो सदस्य एवं रोल्पा जिल्ला इञ्चार्ज थिए ।