• बैशाख २८ २०८३, सोमबार

केपी ओली र बाबुरामबिच बालकोटमा भेटवार्ता

पुष १८ २०७९, सोमबार

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

सोमबार बालकोट पुगेर भट्टराईले ओलीसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेको भट्टराईको सचिवालयले जानकारी दिएको छ । उनीहरूबीच सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायत विषयमा पनि कुराकानी भएको थियो ।

ओलीलाई केही दिनअघि सत्ता गठबन्धनले सत्ता साझेदार दलको संयोजक चयन गरेका थिए भने न्यूनतम साझा कार्यक्रम तय गर्नेबारे उक्त समितिले काम पनि गरिरहेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको पार्टीले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गत मंसिरको चुनावमा उम्मेदवारी दिएको थियो ।