काठमाडौं । काठमाडौंको सतुगंलबाट एटिएम फोर्दाफोर्दै एक युवा पक्राउ परेका छन् ।
चन्द्रागिरी नगरपालिका ११ सतुगंलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । बैंकको एटिएम खोलिरहेको अबस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।