काठमाडौं । सरकारी स्वामित्वको मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले भोलिदेखि फाइभजी परीक्षण सुरु गर्ने भएको छ ।
अङ्ग्रेजी वर्ष २०२३ को अवसर पारी कम्पनीले काठमाडौंस्थित बबरमहल र सुन्धारा क्षेत्रबाट याे सेवाकाे परीक्षण गर्न लागेकाे हो ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको करिब दुई वर्षपछि फाइभजी ट्रायल अघि बढ्न लागेको हाे । त्यसपछि क्रमशः देशका सातै प्रदेशमा फाइभजी परीक्षण गरिने टेलिकमले जनाएकाे छ । परीक्षण अवधिमा ग्राहकले निःशुल्क रुपमा फाइभजीको अनुभव लिन सक्नेछन् ।