• फाल्गुन २७ २०८२, बुधबार

अमेरिकाको न्युयोर्कमा खुल्यो बैध गाजा पसल

पुष १६ २०७९, शनिबार

काठमाडौं । बिहीबार अमेरिकाको न्युयोर्कमा पहिलो वैध गाजा पसल खुलेको छ।

न्युयोर्कको स्थानीय सरकारले गाजालाई कानुनी मान्यता दिने निर्णय गरेसँगै न्युयोर्कमा गाजा पसल खुलेको हो। यससँगै यसअघि गाजासम्बन्धी अपराधमा मुछिएकाहरुलाई राहत मिल्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

उक्त गाजा पसल न्युयोर्क सहरको इस्ट भिलेजमा हाउजिङ वर्कस्ले खोेलेको हो। हाउजिङ वर्कस् एम गैर नाफामूलक संस्था हो, यसले घरबारविहीन र एड्सका बिरामीको लागि काम गर्दै आएको छ। गत महिना सरकारले गाजा बिक्रीको लागि विभिन्न ३६ समूह तथा व्यक्तिलाई अनुमति दिएको थियो।

सन् २०२१ को मार्च महिनामा न्युयोर्कको सरकारले गाजालाई बिक्रीको लागि कानुनी मान्यता दिने निर्णय गरेको थियो। यद्यपि २१ वर्षभन्दा कम उमेरका मानिसलाई भने गाजा बिक्री गर्न पाइँदैन।