• बैशाख २८ २०८३, सोमबार

एकीकृत समाजवादीले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने !

पुष ११ २०७९, सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई इस्युका आधारमा समर्थन गर्ने भएको छ।

समाजवादीका उपाध्यक्ष प्रमेश हमालले आफूहरु अहिले पर्ख र हेरको रणनीतिमा रहेको र सरकारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा हामी अहिले आलोचनात्मक समर्थन गर्ने पक्षमा छलफल भएको बताए । उनका अनुसार सरकारले लिने रणनीतिका आधारमा समर्थन र आलोचना हुनेछ ।

आइतबार एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका ७ दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपनि हालसम्म समाजवादीले आफ्नो समर्थन दिएको अबस्था भने छैन ।