काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागिताको विषयमा अझै अन्यौलमा रहेको छ ।
सरकारमा सहभागी हुने नहुने विषयमा अझै टुंगो लगाउन सकेको छैन । जसपामा अहिलेसम्म संसदीय दलको नेता पनि चयन भएको छैन । ‘संसदीय दलको नेता चयन नभएसम्म सरकारमा जाने कुरा हुँदैन’ जसपाका एक नेताले भने, ‘आज, भोलिसम्ममा संसदीय दलको नेता सहमतिमा टुंगो लगाउने प्रयास हुन्छ, नभए पर्सी दलको नेताका लागि चुनाव हुन्छ ।’