• बैशाख २८ २०८३, सोमबार

सानो आकारको मन्त्रिमण्डल बनाउने नवनियुक्त प्रधानमन्त्री प्रचण्डको तयारी

पुष ११ २०७९, सोमबार

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा (एमाले)लगायतका दलबाट एक-एक जना सहभागी गराएर मन्त्रिपरिषद् गठन गर्ने सहमति भएको छ ।

यस विषयमा दलहरुबीच छलफल चलिरहेको भए पनि निर्णय हुन बाँकी छ ।

सरकारमा सात दलको समर्थन छ भने तीनजना स्वतन्त्र सांसदले पनि प्रधानमन्त्रीका लागि प्रचण्डलाई समर्थन गरेका छन् ।